Section 16
सपुर्दगी गर्न नसकिने कुराको जानकारी गराउनु पर्ने
(१) दफा १४ को उपदफा (८) बमोजिम फरार अभियुक्त वा कसूरदारलाई सपुर्दगी गर्न नसकिने आदेशको जानकारी प्राप्त भएमा मन्त्रालयले तीन दिनभित्र कूटनैतिक माध्यम मार्फत माग गर्ने राज्यलाई सोही व्यहोराको जानकारी गराउनु पर्नेछ ।
(२) फरार अभियुक्त वा कसूरदार नेपाली नागरिक भएको कारणबाट सपुर्दगी गर्न नसकिने भएमा त्यस्तो अभियुक्त वा कसूरदारलाई कानून बमोजिम कारबाही चलाइने व्यहोराको जानकारी मन्त्रालयले कुटनैतिक माध्यम मार्फत माग गर्ने राज्यलाई गराउनु पर्नेछ ।